तीन जलविद्युत आयोजना र तीन प्रशारण लाइन बनाईदिने चीनको प्रस्ताव


काठमाडौँ -चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले मागेअनुसार ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याएको छ । यो सूची परराष्ट्र मन्त्रालयमा पठाइसकिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ती आयोजनासम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदनसमेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाको नाम पठाएको छ । यस्तै प्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको नाम पठाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement