आजबाट ब्रिक्स सम्मेलन सुरु, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति आमने–सामने

आजबाट ब्रिक्स सम्मेलन सुरु, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति आमने–सामने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ आमनेसामने हुने भएका छन् । रूसी राष्ट्रपति ब्लादिमीर पुटिनको अध्यक्षतामा आयोजित ब्रिक्स सम्मेलनमा राष्ट्रपति सी र मोदी आमन सामने हुने भएका हुन् ।

दुबै नेताहरूले ब्रिक्स–सहयोग र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको उक्त बैठकमा कोरोना महामारीलाई रोक्ने प्रयासहरूका बारेमासमेत छलफल हुनेछ ।

मोदी र सी दोस्रोपटक आमनेसामेन हुन लागेका हुन् । गत महिना उनीहरु भर्चुअल बैठकमा सहभागी भएका थिए ।

सम्मेलन हुनुभन्दा अघि रसियाले आजको बैठकमा द्विपक्षीय मुद्दाहरूमा छलफल नहुने प्रष्ट पारिसकेको छ । रसियाले भारत र चीन दुवैले उक्त सम्मेलनबाट फाइदा लिन सक्ने बताएको छ ।

यस अघि ब्राजिलमा सम्पन्न ब्रिक्स सम्मेलनमा मोदीले आतंकवादलाई विकासको बाटोमा सबैभन्दा ठूलो अवरोधका रूपमा रहेको बताएका थिए ।

यस पटक पनि मोदीले यस मुद्दामा छलफल गर्न सक्ने बताइएको छ ।