एजेन्सी – पछिल्लो समय भारत र चिनियाँ सेनाबीच तिब्बतको लद्दाखमा विवाद सुरु भएको छ । भारतीय सेनाको एक गश्ती दल र भारत–तिब्बती सीमा प्रहरी (आईटीबीपी) लाई यस हप्ताको सुरुतिर लद्दाखमा दुई पक्षबीच झडप भएको थियो ।
भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ । चिनियाँ जनमुक्ति सेनाको टोलीले आफ्नो सीमा क्षेत्रमा पसेपछि भारतीय सेनाको टोलीलाई नियन्त्रणमा लिएको खुलेको हो ।
पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सेनाको गस्ती टोलीलाई बन्धक बनाएको थियो । भारतीय सेनाको सूत्रले भने यो खबरमा सत्यता नभएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले छापेका छन् ।
चीनले लद्दाखको प्याङ्गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा सैन्य उपस्थिति बढाउँदै लगेको छ ।
समाचार अनुसार चीनले सैन्य शक्ति बढाएर भारतसँग जुनसुकै चुनौतीका लागि तयार रहेको सन्देश दिएको छ । भारतीय सेनाको विरोधका बावजुद चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्प खडा गरिसकेको छ । यसका अलावमा त्यहाँ बंकर बनाउने मेसिन पनि उतारिएको छ ।
भारतीय सेनाले प्रधानमन्त्री कार्यालय (पीएमओ) लाई जानकारी यस विषयमा जानकारी गराएको छ ।
एक वरिष्ठ अधिकारीले एनडीटीभीलाई भने, ‘भारतीय जवान र चिनियाँबीच भएको झडपका कारण हाम्रा केही जवानहरूलाई पक्राउ गरियो तर पछि उनीहरूलाई रिहा गरियो,’ वरिष्ठ अधिकारीले एनडीटीभीलाई भने ।
एनडीटीभीलाई एक अन्तर्वार्तामा एयर चीफ अफ एयर स्टाफ, एयर चीफ मार्शल आरकेएस भदौरियाले भने, ‘लद्दाखमा चिनियाँ हेलिकप्टरको गतिविधि बृद्धि भएको छ ।’
चीनले भारतको गल्वान क्षेत्रमा सडक र पुल निर्माणको बारेमा असन्तुष्टि व्यक्त गरेपछि चीन र भारतबीचको युद्धसुरु भएको हो ।
विदेश मन्त्रालयले भारतले एलएसीको तर्फबाट सबै भारतीय गतिविधिहरू गरिसकेको स्पष्ट पारेको छ ।
यसैबीच, भारतीय सेना प्रमुख जनरल एमएम नारावानेले शुक्रबार लडाखको भ्रमण गरेका छन् ।




प्रतिक्रिया