एजेन्सी– लद्दाखमा जारी गतिरोधको हल गर्नको लागी भारत र चीनबीच कूटनीतिक र सैन्यस्तरमा वार्ता जारी छ । यसैवीच चीनले लेहबाट ३८२ किलोमीटर दुरी रहेको होटान एयरबेशमा लडाकु विमान तथा मिसाइल तैनाथ गरेको तस्विर सार्वजनिक भएको छ ।
ओपन सोर्स इंटेलिजेन्स एनालिस्ट डेट्रस्फाको सेटलाइट तस्वीरअनुसार चीनले सिनजियांग प्रान्तको होटान एयरबेसलाई भारतसंगको तनावलाई मध्यनजर गर्दै रणनीतिक रुपमा मजबूत बनाएको भारतिय संचारमाध्यमहरुले दावी गरेका छन् ।
होटानमा लडाकु विमानसंगै अर्लि वार्निगं अवाक्स एयरक्राफ्ट तथा एयर डिफेन्स युनिट्सको तैनाथी बढाइएको छ । होटानमा तैनाथ गरिएका विमानमा शेनयांग जे-८ इंटरसेप्टर एयरक्राफ्ट तथा शेयनांग की फाल्कर रहेका छन् ।
त्यसैगरी शनाक्सी वाई-८ जी तथा केजे-५०० अवाक्स समेत तैनाथ गरिएको जनाइएको छ । शेनयांग जे-८ इंटरसेप्टर रुसबाट चोरी गरिएको डिजाइनमा आधारित छ । सिंगल सीटर यो जहाज तिव्र गतिमा अत्यधिक उचाइमा समेत उडान भर्न सक्षम छ ।
यो विमानको शक्तिबारे त्यति जानकारी उपलव्ध छैन् । अत्यधिक उचाईमा उड्ने कारणले यो जहाज आधा इन्धन तथा आधा हतियारबाट हमला गर्न सक्षम छ ।




प्रतिक्रिया