भारत र चिनियाँ सेनाका कमाण्डरबीच भएको वार्ता निष्कर्ष विहीन


एजेन्सी – भारत–चीनबीचको सीमा विवाद सम्बन्धी बैठक बिना निष्कर्ष टुंगिएको छ । भारत र चिनियाँ सेनाका कमाण्डरहरूबीच मंगलबार लद्धाखको चुशुलमा १२ घण्टासम्म चलेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट भारततर्फको चुसुलमा लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र दक्षिण शिनजियांग सैन्य क्षेत्रका कमाण्डर मेजर जनरल लियू लिनबीच मंगलबार बिहान ११ बजेदेखि शुरु भएको बैठक राती अबेरसम्म चलेको थियो ।

मंगलबारसहित यस महिना दुई सेना कमाण्डरहरुबीचको यो तेस्रो बैठक हो । स्रोतका अनुसार भारतले चीनलाई गल्वानको झडपपछि वार्तामा विश्वास कारक बहाल गर्नका लागि कदम चाल्न आग्रह गरेको छ । उनीहरुबीच सीमामा रहेको तनाव कम गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement