काठमाडौं – सरकारले भारत र चीनसंगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार बिहानदेखी दुई साताका लागी आवागमन बन्द गर्ने निर्णय भएको हो ।
त्यसैगरी सरकारले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयांको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ।कोषमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सबै सदस्यहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय समेत भएको हो । बैठकले उक्त कोषमा सहयोका लागी सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
भारत सरकारसंग नेपालले सिमा नाका बन्द गर्ने प्रस्ताव गरेपनि ठोस जवाफ नआएपछि सरकारले सिमा नाका बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया