भारत–चीन सीमा विवाद चुलिँदैः भारतविरुद्ध चीनले चाल्यो यस्तो कदम

भारत–चीन सीमा विवाद चुलिँदैः भारतविरुद्ध चीनले चाल्यो यस्तो कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पछिल्लो समय भारत र चीनबीच सीमा विवाद बढ्दै गएको छ । सीमा विवाद बढ्दै गएपछि चीनले भारतसँगको सीमामा ड्रोनबाट गस्ती गर्ने भएको छ ।

सिनो–इन्डिया बोर्डरमा चीनले हालै विकास गरेको हेलिकप्टर ड्रोन तैनाथ गर्नसक्ने टाइम्स अफ यन्डियाले जनाएको छ ।

सिमानामा चिनियाँ सेनाले कडाइ गरिरहेको समयमा हालै हेलिकप्टर ड्रोन एआर५००सीको परीक्षण गरिएको थियो ।

आवश्यक परेको खण्डमा ड्रोनबाट मिसाइल आक्रमण तथा गोलाबारी गर्न सकिन्छ ।

भारतीय सेनाले चिनियाँ भूमि गालवान भ्याली क्षेत्रमा गतिविधि बढाएपछि आफूहरुले सिमानामा कडाइ गरेको चीनले बताएको छ ।

परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतीय सेनाले लद्दाख क्षेत्र वा सिक्किम क्षेत्रमा एलएसीभर गलत कार्य गरेका छैनन् ।’

श्रीवास्तवले भने, ‘सबै भारतीय गतिविधिहरू पूर्ण रूपमा एलएसीको भारतीय पक्षमा छन् । वास्तवमा यो चिनियाँ पक्ष हो जसले हालसालै भारतको सामान्य गस्तीमा अवरोध खडा गर्यो ।’

चीनको पहिलो मानवरहित हेलिकप्टर ड्रोनलाई पठार क्षेत्रहरूमा उडान गर्न डिजाइन गरिएको थियो । एआर५००सी पाँच हजार मिटरको उचाइमा उड्न सक्छ भने पाँच घण्टा उड्न सक्ने बताइएको छ ।

भारतले भने आफ्नो भूमि लद्दाख र सिक्किमका क्षेत्रमा चीनले गतिविधि बढाएको आरोप लगाइरहेको छ । केही समय अगाडिमात्र लद्दाख र सिक्किमको सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।