काठमाडौं- चीनको सरकारी अखवार ग्लोबल टाइम्सले भारतले चीनको विरोध गर्न अमेरिकालाई साथ दिए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । लद्दाखमा जारी तनाव कम गर्न दुवै देश सहमत भएको समाचार प्रकाशित भइरहेका वेला चीनले भारतलाई गुटनिरपेक्षताको नीतिको पालना गर्न र अमेरिकाबाट टाढा रहन सुझाव दिएको हो ।
उसले चीनको विरोध गर्नको लागी अमेरिकालाई साथ दिए चीनले आफ्ना् हितको रक्षा गर्न कुनै कसर बांकी नराख्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले चिनियां विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगको हवाला दिंदै चीन र भारत दुवै पक्षबीच बनेको आम सहमतिपछि सीमा क्षेत्रमा तनाव कम गर्नको लागी आवश्यक कदम उठाइएको बताएको छ । पत्रिकाले दुवै देशको विश्लेषकहरुको बयानको प्रशंसा गर्दैै यसवाट दुवै देशबीच जारी गतिरोध कम भएको स्पष्ट संकेत मिलेको दावी गरेको छ ।
ग्लोबल टाइम्सको सम्पादकीयमा लेखिएको छ ‘केही हदसम्म भएपनि सीमामा तानव कम भएकोले भविष्यमा आर्थिक र व्यापारिक आदान प्रदान गर्ने अवसर मिल्नेछ । जो दुवै देशको हितमा छ । यदि तनाव कायम रह्यो भने सवैभन्दा खराब परिस्थतिमा संघर्ष बदलियो भने भारत चीन सम्बन्ध अगाडी बढ्नको लागी खास केही बांकी रहदैन् । राजनीतिक अर्थव्यवस्था र व्यापारमा असर देखियो भने त्यसले द्धिपक्षीय व्यापार पक्कै प्रभावित हुन्छ । किनभने भारतमा चीन विरोधी भावना तिव्र रुपमा बढिरहेको छ ।’
उसले अहिलेसम्म पनि वार्तावाट सकरात्मक संकेत मिलेको र त्यसले द्धिपक्षीय आर्थिक तथा व्यापारिक सहयोग बढ्ने दावी गरिएको छ । जसले गर्दा भारतको अर्थव्यवस्थालाई राहत मिल्ने सम्पादकीयमा उल्लेख छ । ग्लोबल टाइम्सले विश्व भूराजनीतिक स्थिती अरु जटिल बन्दै गएको दावी गरेको छ ।
चीन र अमेरिकाबीच नयां शीत युद्ध हुन सक्ने अवस्था रहेको भन्दै यसैबीच अष्ट्रेलिया र भारत नयां रणनीतिमा लागेको बताइएको छ । उसले यस्तो बेला भारत अतिरिक्त भूराजनीतिक दबाव तथा लालचाको सामना गरिरहेको दावी गरेको छ । ग्लोबल टाइम्सले अगाडी लेखेको छ ‘भारत लामो सयमदेखी विदेश नीतिमा गुटनिरपेक्षताको नीति अगाल्दै आएको छ । अव आफ्नो राजनीतिक स्वतन्त्रताको कायम राख्छ वा बदलिदो भूराजनीतिक माहोलमा अमेरिकाको नेतृत्ववाला गठजोडतर्फ झुक्छ यो भने देख्न बांकी छ ।’
सम्पादकीयमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार चीनलाई आफ्नो साथीको रुपमा छनौट गर्छ भने चीन भारत आर्थिक सम्बन्ध पक्कै बढ्ने दावी गरिएको छ । तर, भारत चीनलाई कमजोर गर्नको लागी अमेरिकालाई साथ दिन्छ भने चीन आफ्नो हितको रक्षाको लागी नहिचकिचाउने उसले चेतावनी दिएको छ । भारतको लागी चीनलाई गुमाउनुको मुल्य भने चर्को पर्ने र मुश्किल समेत हुने ग्लोबल टाइम्सले जनाएकोे छ ।
कोरोना भाइरसको महामारी रोक्न भारत असफल रहेको र लकडाउनका कारण अर्थव्यवस्था समेत खराव रहेको जसका कारण शहरी क्षेत्रमा बेरोजगारी २७ प्रतिशतले बढेको सम्पादकीयमा दावी गरिएको छ । उसले भारतले यसमा आफ्नो ध्यान केन्द्रित गर्न सुझाव दिएको छ ।




प्रतिक्रिया