एजेन्सी – चीनले लद्दाखमा सेनाले भारतीय सीमा रेखा पार गरेको भन्ने विषयमा खण्डन गरेको छ । भारतले चिनियाँ सेनाले सीमा रेखा पार गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको थियो ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्री वाङ वीले चिनियाँ सेनाले भारतसँगको सहमति उल्लंघन नगरेको बताएका छन् ।
‘चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखालाई कडाईका साथ लागू गरेको छ । चिनियाँ सेनाले यो रेखा कहिल्यै पार गर्दैन । दुवै देशका सेनाहरू यस मुद्दामा सम्पर्कमा छन्’, उनले भने ।
भारतीय सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको जनाएको थियो । यो झडप २९ अगस्टको रातमा भएको थियो ।




प्रतिक्रिया