एजेन्सी – लद्दाखमा चीनले भारतीय सेनालाई सीमा वास्तविक नियन्त्रण रेखा (एलएसी) करिब एक हजार वर्ग किलोमिटर क्षेत्रबाट हटाएको छ । भारतले लद्दाखमा चीनले एक हजार वर्ग किलोमिटर भू-भाग कब्जा गरेको आरोप लगाएको छ ।
चीनले अप्रिलदेखि मे सम्म एलएसीको नजिक सेनाको प्रयोग गरेर आफ्नो उपस्थितिलाई अझै मजबुत बनाएको छ ।
गत जुन १५ मा पूर्वी लद्दाखको गाल्वान उपत्यकामा भएको भिडन्तमा भारतका २० सैनिक मारिएका थिए । बीबीसी हिन्दीले चीनले व्यवस्थित ढंगले डेप्सस प्लेनबाट चुसुलसम्म एलएसीको नजिक सेनाहरू वृद्धि गरेको उल्लेख गरेको छ ।
गाल्वान भ्यालीमा २० किमी २, हान्ट स्प्रिङमा १२ किमी, पेन्गाङ सो मा ६५ र चुसुलमा २० वर्ग किलोमिटर चिनियाँहरूको कब्जामा गरेको एक भारतीय वरिष्ठ अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
केहीदिन अगाडि पूर्वी लद्दाख सिमानामा भारत र चीनका सेनाबीच फेरि झगडा भएको थियो । भारतले सोमबार चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेको आरोप लगाएको छ । यद्यपि चीनले आफ्ना सेनाले एलएसी पार गरेको खबरलाई अस्वीकार गरेको छ ।




प्रतिक्रिया