बिना अपराध २७ वर्षदेखि जेल सजाय भोगिरहेका जाङले पाए सफाई

बिना अपराध २७ वर्षदेखि जेल सजाय भोगिरहेका जाङले पाए सफाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हत्या अभियोगमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिले सफाई पाएका छन् । चीनको एक अदालतले जाङ युख्यानलाई दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण नपुगेको भन्दै मंगलबार रिहा गरेको हो ।

सन् १९९३ मा दुई युवाको हत्या गरेको आरोपमा प्रहरीले जाङलाई पक्राउ गरेको थियो । जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन् ।

सन् १९९५ को ज्यानुअरीमा जियाङ्सी प्रान्तको राजधानी नान्चाङ्गस्थित एउटा अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । तर उनले दुई वर्ष सजाय काटेपछि भने उक्त फैसलालाई आजीवन कारावासमा परिणत गर्न अनुमति दिएको थियो ।

जाङका अनुसार प्रहरीले उनलाई सोधपुछका क्रममा आफुले अपराध गरेको स्वीकार गर्न यातना दिने गर्थे । तर उनले अदालतमा निरन्तर आफू निर्दोष बताउँदै आएका थिए ।

सन् २०१९ को मार्च महिनामा उच्च अदालतमा उक्त मुद्दा फेरि हेर्न सहमत भयो र जुलाईमा प्रान्तीय अभियोजनकर्ताहरूले प्रमाणको कमीका आधारमा उनलाई रिहा गर्न सिफारिस गरेका थिए । सन् १९९३ मा मारिएका दुई युवाका हत्याराभने हालसम्म पत्ता लागन् सकेको छैन ।