चीनको सर्वोच्च अदालतका न्यायाधीश काठमाण्डुमा

चीनको सर्वोच्च अदालतका न्यायाधीश काठमाण्डुमा


काठमाण्डु – चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणको क्रममा काठमाण्डौं पुगेका छन् । न्यायाधीश लिउ छ जनाको टोलीसहित आइतबार राति काठमाण्डु अवतरण गरेका हुन् ।

सिंगापुरबाट नेपाल आएको उनको टोलीका अन्य सदस्यमा लि चिङ,हु ताओकाई,कुओ चङहुआई, माओ लिहुआ र चाओ छियान् छन् । उनिहरु सबै चीनको सर्वोच्च अदालतका अधिकारी हुन् । कुइसियाङ उपमन्त्री सरहका अधिकारी हुन् ।

न्यायाधीश लिउको प्रतिनिधिमण्डललाई सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेलले स्वागत गरेका थिए । न्यायधीश लिउले सर्वोच्च अदालतका प्रधानन्यायाधीस विश्वम्भर श्रेष्ठलगायतका उच्च अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।