एजेन्सी- चीनकाे काेइलाखानीमा ग्यास चुहिँदा १८ जनाकाे मृत्यु भएकाे छ । शुक्रवार दक्षिणपश्चिम चुङ्चिङस्थित उक्त खानीमा विषालु ग्यास कार्बन मनक्साइड चुहिँदा १८ जनाकाे मृत्यु भएकाे चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो।
सीसीटीभीमा देखिएअनुसार खानीमा काम गर्ने ५ जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ। सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो। उक्त खानी दुई महिनादेखि बन्द थियो।
गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो। गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो। उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।
सो खानीमा कार्बन मोनोअक्साइड ग्यास विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ।चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन्।




प्रतिक्रिया