चीनबाट मेडिकल सामग्री आइतबार नेपाल आइपुग्ने, सेनाको हेलिकोप्टरमार्फत वितरण गरिने

चीनबाट मेडिकल सामग्री आइतबार नेपाल आइपुग्ने, सेनाको हेलिकोप्टरमार्फत वितरण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आफ्नै खर्चमा चीनबाट मेडिकल सामग्री ल्याउने भएको छ । कोरोना भाइरस संक्रमितहरुको उपचार लागि चीनले अनुदान स्वरुप नेपाललाई दिन लागेको आवश्यक पर्ने स्वास्थ्य सामग्री नेपाल सरकारले नेपाल एयलाइन्समार्फत ल्याउन लागेको हो ।

उक्त मेडिकल सामग्री लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओ गई स्वास्थ्य सामग्री नेपाल ल्याउने भएको छ । श्रोतका अनुसार स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ ।

चीनबाट ल्याइन लागिएको उक्त मेडिकल सामग्री आइतबार नै सेनाको हलिकोप्टरमार्फत वितरण गरिने भएको छ । श्रोतका अनुसार ‘स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ, आइतबार दिउँसो नै नेपाली सेनाले हेलिकप्टरबाट उक्त सामग्री विभिन्न स्थानमा बाँड्ने छ ।’