चीनबाट नेपाल आइपुग्यो मेडिकल सामाग्री

चीनबाट नेपाल आइपुग्यो मेडिकल सामाग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको अक्सिजन सिलिन्डर र २०० थान अक्सिजन जेनेरटर लगायतका स्वास्थ्य सामाग्री काठमाण्डु आइपुगेको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल वायुसेवाको निगममार्फत कोरोना संक्रमणमा प्रयोग हुने स्वास्थ्य सामाग्री काठमाण्डु आइपुगेको जानकारी दिइन् ।

चीनले नेपाललाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको छ ।