चीनमा मेडिकल सामाग्री संकलन,नेपाल पठाउने तयारी

चीनमा मेडिकल सामाग्री संकलन,नेपाल पठाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाललाई चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री पठाउने तयारी गरेको छ ।

चीनले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामाग्रीहरु पठाउने तयारी गरिरहेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। मेडिकल सामाग्रीहरु संकलन भएको र केही दिनभित्रै नेपाल पठाउने तयारी भएको हो ।

चिनिया विदेशमन्त्री वाङ यी नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंगको कुराकानीमा ९ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसैको लागी सामाग्री तयारी हालतमा राखिएको चिनियां विदेशमन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा अक्सिजन सिलिण्डर चीनबाट ल्याउने तयारी गरेको छ । सिलिण्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन पठाउने सरकारी तयारी छ । त्यसैगरी केही स्वास्थ्य सामाग्री स्थलमार्गबाट समेत ल्याउने गरी काम अघि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन सरकार र समाजका सबै क्षेत्रले सक्रियताका साथ नेपाललाई सामाग्री पठाउने तयारी भएको समाचारमा उल्लेख छ ।