काठमाडौं– चीनले बेइजिङ्गमा विशाल सैनिक परेडको आयोजना गरेको छ । चिनियां कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा चीनले बेइजिङ्गमा आफूले बनाएका हतियारको पनि प्रदर्शन समेत गरेको छ ।
चिनियाँ रक्षा मन्त्रालयका अनुसार १५ हजार सेनाले परेड खेल्नेछन् । त्यस्तै १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियां सैनिकपनि भाग लिने जनाइएको छ ।
तियानमेन स्क्वायरमा भएको ७० औं वार्षिकोत्सव कार्यक्रममा ९७ देशका १८८ सैनिक सहचारी समेत बेइजिङ पुगेका छन् ।
चीनमा सन् १९४९ मा चिनियां कम्युनिष्ट पार्टीका नेता माओले चीनमा जनगणतन्त्रको स्थापना गरेका हुन् । कार्यक्रममा चिनियां राष्ट्रपति सी जिङफिङले चीन शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने बताएका छन् । उनले चीनको विकासमा सहयोग गर्ने विश्वभरका मित्रलाई समेत सो अवसरमा सम्झेका छन् ।
चिनियां राष्ट्रपति सीले चिनियां चरित्रको समाजवादको बाटोमा चीन अघि बढ्ने र पार्टीको आधारभुत सिद्धान्त र नितीअनुसार अघि बढ्न समेत उनले आह्वान गरेका छन् । उनले ऐतिहासक उपलब्धी र जनताको चाहनालाई नेतृत्वले पुरा गरेर नै छोड्ने समेत प्रतिवद्धता जनाएका छन् ।













प्रतिक्रिया