असोज ९ गतेबाट काठमाण्डु–ग्वाञ्जाओ नियमित उडान हुने, टिकट दर कति ?

असोज ९ गतेबाट काठमाण्डु–ग्वाञ्जाओ नियमित उडान हुने, टिकट दर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओतर्फ प्रत्यक्ष उडान सुरु गर्ने भएको छ। असोज ९ गतेबाट लागू हुने गरी निगमले काठमाण्डु–ग्वाञ्जाओ–काठमाण्डु रुटमा पहिलोपटक नियमित सेवा सञ्चालन गर्न लागेको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ र चीनबाट अनुमति पनि प्राप्त भइसकेको छ। प्रारम्भिक चरणमा असोज ९ र १२ गते गरी दुई उडान हुनेछ भने त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते पनि उडान तय गरिएको छ। त्यसपश्चात हरेक आइतबार, मङ्गलबार र शनिबार तीनवटा नियमित उडान हुनेछन्।

नेपाल एयरलाइन्सले काठमाण्डु–ग्वाञ्जाओ एकतर्फी टिकट मूल्य रु ३० हजार र दोहोरो यात्रा रु ५० हजार निर्धारण गरेको छ।

अध्यक्ष अधिकारीका अनुसार लामो प्रयासपछि चीनको महत्त्वपूर्ण व्यापारिक सहर ग्वाञ्जाओमा सेवा विस्तार गर्न सक्नु निगमको उपलब्धि हो। निकट भविष्यमै काठमाण्डुबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि प्रत्यक्ष उडान सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

हाल ग्वाञ्जाओ मार्गमा चीनको चाइना साउदर्न र नेपालकै हिमालय एयरलाइन्स नियमित सेवा सञ्चालन गर्दै आएका छन्। नेपाली समुदायको बाक्लो उपस्थितिको कारण यो नयाँ उडानले नेपाल एयरलाइन्सलाई आर्थिक रूपमा लाभ दिलाउने अपेक्षा गरिएको छ।

हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज रहेका छन् भने उक्त जहाजले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरू, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान गरिरहेकाे छ।