चीनले नेपालसहित २५ राष्ट्रसँग भिडियो कन्फरेन्स गर्‍यो

चीनले नेपालसहित २५ राष्ट्रसँग भिडियो कन्फरेन्स गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनले विश्वभरी नै महामारीको रुप लिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण र अनुभव आदान प्रदानका लागि नेपालसहित २५ राष्ट्रसँग भिडियो कन्फरेन्स गरेको छ ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, भुटान, पाकिस्तानलगायतका २२ देशहरुको सहभागिता थियो । कन्फरेन्समा चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएको कदम र पाएको सफलताबारे अन्य मुलुकहरुलाई जानकारी दिएको थियो ।

भिडियो कन्फरेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्‍ने विषयमा चीनसँग जानकारी लिएका थिए ।

कोरोनाको उद्गमस्थल चीनसँग उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।