भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको बाइडबडी चीन जाँदै

भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको बाइडबडी चीन जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदैछ । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिन राति एघार बजे नेपाल एयरलाइन्सको वाइडबडी चीन पठाउने तयारी गरिएको हो ।

खोप लिएर विमान भोलि विहान काठमाण्डु आइपुग्नेछ । चिनियाँ अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउँदैछ । ४८ लाख डोजमध्ये केही दिनभित्रै थप २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी छ ।

पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गत असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

खोप लिएर भोलि नेपाल फर्किएसँगै उक्त जहाज बाँकी खोप लिन भोलि राति फेरि चीन जानेछ । चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ ।