एक सय वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको चमत्कार, नेपाली कम्युनिष्टले कहिले सिक्ने ?

एक सय वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको चमत्कार, नेपाली कम्युनिष्टले कहिले सिक्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टी एक सय वर्ष पूरा भएको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो । उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन । पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए । सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाउने गर्छन् ।

नेपाल र चीनमा कम्युनिष्ट पार्टीको उदय खासै धेरै अन्तरालमा भएको पाइदैन । नेपालमा वि सं २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको हो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए ।

कम्युनिष्ट पार्टीले नेतृत्व गरेको चीन अहिले विश्वकै समृद्ध र शक्तिशाली मुलुकको रुपमा स्थापित छ । तर, नेपालमा पटकपटक कम्युनिष्टले नेतृत्व गरेपनि समृद्धिको यात्रा अगाडी बढ्न सकेको छैन । सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो । सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए । त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ ।

तमाम उतार–चढावकाबीच पछिल्लो समय चीन शक्ति राष्ट्रका रूपमा उदाएको छ । संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । तर, नेपाली कम्युनिष्टहरुले नेतृत्वको अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको एकाथरीको बुझाइ छ । एकाथरीले नेपालमा कम्युनिष्टले सुरु गरे क्रान्ति सफल नै नभएको तर्क गर्छन् ।

नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुन नसक्नुमा नेताहरु नै जिम्मेवार रहेको नेपाल —चीन अध्ययता हिरण्डेलाल श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘नेपालका कम्युनिष्ट पार्टीका नेताहरु लोभी भए, पार्टीको विचार भन्दा पनि आफ्ना आफन्तलाई कहाँ मिलाउन सकिन्छ, कुन पद दिन सकिन्छ भन्ने तिर लागे । जबकी चिनियाँ नेताहरुले जे बोले त्यही पुरा गर्छन् हेर्नुहोस् न चिन आज कहाँ छ त्यौ त्यसै सम्भव भएको हो र? नेतृत्व इमान्दार भयो भने बल्ल देश समृद्ध हुन्छ ।’

कम्युनिष्ट पार्टीले आएको नेतृत्व गर्ने अवसरलाई सदुपयोग नगरेको उनको तर्क छ । नेपाल र चीनको सम्बन्ध परापूर्वकालदेखी भएपनि नेपालले त्यो सम्बन्धलाई विकासमा सदुपयोग गर्न सकेको छैन ।

सीमानामा बसेर चीनको विकास हेरेर घुटुक्क थुक निल्नुपरेको श्रेष्ठको तर्क छ । दुई तिहाइको कम्युनिष्ट सरकार हुँदा समेत चीनबाट उल्लेखनीय सहयोग नआउनुमा नेताहरुकै कमजोरी रहेको श्रेष्ठको आरोप छ ।

उनी भन्छन्, ‘हाम्रो नेताहरुको बोलीमा विश्वास नै छैन । चीनलाई सहयोग गर भन्दा उसले मज्जाले सहयोग गरेकै छ । कोरोना विरुद्धको खोप कै कुरा हेर्नुस न एकातिर पैसा पठाएर पनि अझै खोप दिलाउन सकेको छैन । तर, उत्तरी छिमेकीसंग थोरै पहल गर्दा समेत ठूलो परिमाणमा सहयोग नै आयो । हाम्रा नेताहरु कहाँबाट परिचालित छन् थाहै छैन् । सि जिन फिङ आउँदा एउटा कुरा गरे त्सपछि के हो के ? अगाडी ठिक्क पछाडी के न के जस्तो गरेपछि कसरी सहयोग आउँछ ।’

चीनसंग सहमति गरेका योजनाहरु ईमान्दारिपूर्वक कार्यान्वयन नगर्दा चीनले नेपाललाई विश्वास गर्न नसकेको श्रेष्ठको भनाइ छ । चीनको वान वेल्ट बान रोड नीतिलाई स्वीकार नगर्दा पनि नेपालको विकासमा चीनले चासो नदिएको उनको भनाइ छ । चीनको विकासलाई धेरैले चमत्कारको रुपमा लिएका छन् । तर, त्यो चमत्कार भन्दापनि चिनियाँ नेताको दुर दुष्टी भन्न सकिन्छ ।