काठमाडौं – कोरोना भाइरस प्रभावित चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्दै १ सय ७५ जना नेपालीमो कोरोनको संक्रमण नभएको पुष्टि गरेको हो ।
आइतबार बिहान काठमाडौं ल्याइएका उनीहरुको सोही दिन नै स्वास्थ्य परीक्षणका लागि नाक र घाँटीको र्यालको नमुना संकलन गरिएको थियो । सो नमुनाको रिपोर्ट नेगेटिभ पाइएको मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिने मत्रालयले जनाएको छ ।




प्रतिक्रिया