चीनमा फेला पर्‍यो नयाँ भाइरस, महामारीको रुप लिनसक्ने वैज्ञानिकहरुको चेतावनी


एजेन्सी – विश्वमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला चीनमा नयाँ फाइरस फेला परेको वैज्ञानिकहरुले बताएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वमा उग्र रुप लिइरहेका बेला चीनमा सुँगुरबाट सर्ने नयाँ भाइरस पत्ता लागेको हो ।

यो सुँगुरमा देखा परेको यो नयाँ भाइरस मानिसमा सरेमा भयावह रुप लिने वैज्ञानिहरुले निष्कर्ष निकालेका छन् । त्यस्तै वैज्ञानिकहरुले यो भाइरसले सुँगुरको रेखदेखा खटिने मानिसबाट छिटो सर्ने भएकाले तत्काल सावधानी अपानउन जरुरी रहेको बताएका छन् ।

यो भाइरससँग लड्न मानिसहरुको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले सुँगुर उद्योगमा काम गर्ने कामदाहरुको निगरानी गर्नुपर्ने वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

विश्वले हालको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने प्रयास गरे पनि इन्फ्लूएन्जाको नराम्रो चोट लाग्ने यो नयाँ भाइरसको खतरा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले चीनमा सुँगुर उद्योगमा काम गर्ने मानिसहरुमा संक्रमण फेला पारेका हुन् । यो संक्रमण समुदायस्तरमा फैलिए यसले उग्र रुप लिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकले सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी रहेको कुरा प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेखेका छन् ।

‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ ।’

बेलायतको नोटिङ्घम युनिभर्सिटीमा काम गर्ने प्रो. किन्–चाउ चानले बीबीसीलाई भने, ‘अहिले हामी कोरोनाभाइरसबाट अलमलिएका छौं । तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसहरू बिर्सनु हुँदैन ।’

उनले नयाँ भाइरसले तत्कालै समस्या नपारे पनि यसलाई वेवास्ता गर्न नहुने बताएका छन् । त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयको पशु चिकित्सा विभाग विभागका प्रमुख प्रोफेसर जेम्स वुडले हामी लगातार नयाँ रोगको जोखिममा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यो भाइरस जनावरहरूको खेती गर्ने मानिसहरूसँग बढी सम्पर्क हुन्छ । वन्य जीवनसंग भन्दा, महत्वपूर्ण महामारी भाइरसको स्रोतको रूपमा कार्य गर्न सक्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement