काठमाण्डु – चिनियां सेनाको उत्तरी थ्रेटरका कमाण्डर जनरल पदमा बढुवा भएका छन् । चिनियां राष्ट्रपति सी जिनफिङले चिनियां कम्युनिष्ट पार्टीको महाधिवेशनअघि सेनाको नेतृत्वमा वाङ कियाङलाई ल्याएका छन् । केन्द्रीय सैन्य आयोग (सीएमसी)का अध्यक्ष समेत रहेका जिनफिङले कियाङलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।
चीनमा जनरल पद चिनियां सेनाको लागि सबैभन्दा सर्वोच्च पद हो । बेइजिङमा आयोजित समारोहमा उनलाई राष्ट्रपति जिनफिङले बधाई दिएका थिए । सीएमसीको उपाध्यक्ष झु किलियांगले उनको पदोन्नतिको आदेश दिए ।
कार्यक्रमको अध्यक्षतामा अर्का उपाध्यक्ष झांङ यूक्सियाले गरेका थिए । कार्यक्रममा केन्द्रीय सैन्य आयोगका सदस्य जनरल वेई फेंगे, जनरल ली जुओचेंग, एडमिरल मियाओ हुआ र जनरल झांग सेंगमिन सहभागि थिए ।
कियाङ यसअघि नेपालसहित,भारत र एसियाका अन्य मुलुकहरु हेर्ने जिम्मेवारी रहेको चिनियां सेनाको वेस्र्टन थ्रेटर कमाण्डको कमाण्डर थिए । उनि २०१९ मा लेफ्टिेनेण्ट जनरलमा बढुवा भएका थिए । सिचुवान प्रान्त घर भएका उनि चिनियां राष्ट्रपतिको निकट जनरलका रुपमा चिनिन्छन् ।




प्रतिक्रिया