चिनियाँ राजदूत यान्छी ट्वीटरमा

चिनियाँ राजदूत यान्छी ट्वीटरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर खोलेकी छन् ।

काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा सक्रिय भइरहेका बेला नेपालको नीति निर्माण तथा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै चिनियाँ राजदूत ट्विटरमा आएकी हुन् ।

राजदूत यान्छीले पहिलो ट्विट बिहीबार भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी एउटा कार्यक्रमबारे गरेकी छन् । उनले भनेकी छन, ‘बीआरआई अन्तर्गत रहेर चीनले छिमेकी एवं दक्षिण एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकास गर्न सहयोग गर्नेछ ।’

काठमाडौंस्थित चिनियाँ दूतावासले राजदूतको ट्विटर ह्यान्डल सार्वजनिक गर्दै दूतावासका गतिविधिका लागि त्यससँग जोडिन आग्रह गरेको छ । उनको ट्विटर ह्यान्डल @PRCAmbNepal रहेको छ ।

विभिन्न देशका सक्रिय राजदूतहरुले नेपालका आर्थिक, सामाजिक तथा राजनीतिक बहसलाई ट्विटरबाट नियाल्ने गरेका छन् भने आफ्ना गतिविधि पनि ट्विटरमार्फत् मिडिया एवं सर्वसाधारण समक्ष पुर्ययाउँदै आएका छन् ।