नेपालको बर्णन गर्दै राजदूत यान्छीले भनिन् : वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ

नेपालको बर्णन गर्दै राजदूत यान्छीले भनिन् : वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले भ्रमण वर्षको शुभकामना दिएकी छन् ।

काठमाडौं उपत्यकाका प्राचीन सम्पदामा खिचिएका तस्वीरहरू सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै राजदूत यान्छीले नेपालको सौन्दर्यको बर्णन गर्दै नेपाल भ्रमण गर्न योग्य रहेको बताएकी छन् ।

राजदूत यान्छीले ट्वीटरमा लेखेकी छन्, ‘वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ । इतिहास, विविधता र प्रकृतिको साथमा सुन्दर नेपाल यात्राका लागि योग्य छ ।’ साथै उनले नेपाली भाषामा नै भ्रमण वर्षको शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !’

उनको ट्वीट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि मेन्सन गरिएको छ ।