नेपालमा अलपत्र परेका नागरिकलाई उद्धार गर्दै चीन

नेपालमा अलपत्र परेका नागरिकलाई उद्धार गर्दै चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनपछि घर फर्किन नपाएर नेपालमा अलपत्र परेका चिनियाँ नागरिकहरुलाई चीनले उद्धार गर्ने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा अलपत्र चिनियाँ नागरिकहरुलाई उद्धार गर्न लागिएको हो ।

चिनियाँ नागरिकहरुलाई स्वदेश फर्काउन दूतावासले चारवटा विशेष उडान गर्ने तयारी गरेको छ । काठमाडौंबाट छेन्दुका लागि जुलाई २४ मा पहिलो उडान हुँदैछ । दूतावासले विच्याट्बाट नेपालमा अलपत्र चिनियाँ नागरिकहरुको तथ्यांक संकलन गरिरहेको छ ।

पहिलो प्राथमिकतामा ६५ वर्ष कटेका, १२ वर्षसम्मका वालवालिका, गम्भीर प्रकृतिको रोग लागेका बिरामीहरु, अपांगता भएका व्यक्तिहरु, गर्भवती महिला तथा चीनमा आफन्तको मृत्यु भएका आफन्तलाई राखिएको छ ।

चीन फर्कन चाहनेले स्वदेश फर्किनु अगाडि अस्पतालबाट कोरोना भाइरसको न्युक्लिक एसिड टेस्टको रिपोर्ट बुझाउनु पर्नेछ । दूतावासका अनुसार नेगेटिभ रिपोर्ट आएका व्यक्ति मात्र स्वदेश फर्किन सक्नेछन् ।

घर फर्किने चिनियाँले हवाई भाडा, स्वास्थ्य परीक्षण शुल्क र होम आइसोलेसनको व्यवस्था आफैं गर्नु पर्ने दूतावासले जनाएको छ ।