काठमाडौं – चीन सरकारले नेपाली विद्यार्थीलाई स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराएको छ । चीन सरकारले २२ वटा कोटा छात्रवृत्ति दिएको हो । छात्रवृत्तिमा पढ्न जानेको छनोट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ ।
मन्त्रालयका अनुसार कुल छात्रवृत्ति कोटामध्ये ईन्जिनियरिङ विषयका लागि सबैभन्दा बढी अर्थात १९ वटा कोटा निर्धारण गरिएको छ । जसमा खुल्लातर्फ १४ र महिलाका लागि ५ वटा कोटा तोकिएको छ ।
व्यवस्थापन अध्ययन सङ्कायका लागि २ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका लागि १ वटा कोटा तोकिएको छ । यी दुवै सङ्कायमा महिला लगायत कुनै पनि क्षेत्रका लागि आरक्षण कोटा तोकिएको छैन । यस छात्रवृत्तिमा अध्ययन गर्न चाहनेले फागुन २२ गतेसम्म मन्त्रालयको केशरमहलस्थित छात्रवृत्ति शाखामा निवेदन दिनुपर्नेछ । छात्रवृत्तिमा आवेदन दिनेहरु ३५ वर्षमुनिको हुनुपर्ने मन्त्रालयको सूचनामा छ ।




प्रतिक्रिया