एजेन्सी – भारतसँगैको सीमा विवाद चलिरहेको अवस्थामा चीनले ‘आधुनिक समाजवादी तिब्बत’को घोषणाा गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतलाई लिएर एक उच्च स्तरिय बैठकमा यस्तो घोाषणा गरेका हुन् ।
राष्ट्रपति सीले तिब्बतमा स्थिरता कायम राख्न र राष्ट्रिय एकताको रक्षा गर्न का लागि अझै मिहिनेत गर्न जरुरी रहेको बताए । चीनले सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो ।
निर्वासित आध्यात्मिक नेता दलाई लामाका आलोचकहरूले चीनले तिब्बत र त्यहाँको संस्कृतिप्रति नराम्रो व्यवहार गरेको आरोप लगाएका थिए ।
तिब्बतको भावी शासनको बारेमा कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यहरुको यो बैठकमा शी जिनपिङले उपलब्धिहरुको प्रशंसा गरेका छन् ।
आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपतिले उक्त बैठकमा भने, ‘तिब्बतका विद्यालयहरूमा राजनीतिक र वैचारिक शिक्षालाई बढी जोड दिन जरुरी छ ताकि चीनको प्रेमको बीउ त्यहाँका सबै युवा हृदयमा रोप्न सकिन्छ ।’
उनले तिब्बतमा कम्युनिष्ट पार्टीको भूमिकालाई सुदृढ पार्न र जातीय समूहलाई अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताए ।
यसै सन्दर्भमा उनले भनेका थिए, ‘हामीले एकजुट, समृद्ध, सभ्य, सामञ्जस्यपूर्ण र सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउन संकल्प गर्नुपर्छ । तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितिमा अनुकूलित हुनु आवश्यक छ ।’




प्रतिक्रिया