चाइना युनिकमले गर्‍योे फाइभ जी नेटवर्क प्लस उपलब्धिहरूको घोषणा

चाइना युनिकमले गर्‍योे फाइभ जी नेटवर्क प्लस उपलब्धिहरूको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ह्वावेको चाइनायुनिकम पार्टनरहरुले फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा गरेको छ ।

बार्सिलोनामा भएको एक कार्यक्रममा चाइनायुनिकम पार्टनरहरुले पाइभ जी नेटवर्कले एजइन्टर कनेक्सनका लागि प्राइभेट नेटवर्कहरू, उच्च–विश्वसनीय क्याम्पस नेटवर्कहरू र विभेदित सेवाहरूका लागि अनुकूलित नेटवर्क स्लाइसिङले कसरी विकास र औद्योगिक डिजिटलाइजेसनलाई बढावा दिइरहेको छ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।

चाइना युनिकमका उपाध्यक्ष लियाङबा ओजुनले चाइना युनिकमले आफ्नो फाइभ जी एप्लिकेसन ‘सेलिङ’ कार्ययोजना (२०२२–२०२५)लाई पाँच वटा मुख्य लक्ष्यहरू हासिल गर्न जारी राखेको बताए ।

जसमा कम्प्युटिङ–नेटवर्क एकीकरणको जग बलियो बनाउने, फाइभ जी कोइन्टिग्रेसन र इनोभेसनलाई गहिरो बनाउने, फाइभ जी एप्लिकेसन सुरक्षा प्रवर्द्धन गर्न, इनोभेटिभ फाइभ जी एप्लिकेसनहरू सिर्जना गर्ने, साझेदारहरूसँग काम गर्ने र अन्तमा यी एप्लिकेसनहरू रेप्लिकेट गर्ने रहेका छन् ।

यी कार्यहरूले फाइभ जी एप्लिकेसनहरूको व्यावसायिक रूपान्तरणलाई गतिदिन मद्दत गर्ने, सूचना उपभोग, भर्टिकल उद्योग र सामाजिक आजीविका जस्ता थप क्षेत्रहरूलाई डिजिटल गर्न सक्षम पार्ने उनले बताए ।

चाइना युनिकम बिग डाटाका प्रमुख वैज्ञानिक फ्यान जिआनले फाइभ जी उद्योगको विकास हुँदै गर्दा क्यारियर इनोभेसन र उद्योग साझेदारीहरू, औद्योगिक एप्लिकेसनको लागि बढ्दो रुपमा महत्त्वपूर्ण रहेको बताए ।

‘फाइभ जी प्राइभेट नेटवर्क ज्ञ.ण्को तुलनामा चाइना युनिकमको फाइभ जी प्राइभेट नेटवर्क प्लसले तीन क्षेत्रमा सफलता हासिल गरेको छ । नेटवर्क क्षमता, उद्योग अनुकूलन र सेवा रोल आउट र सञ्चालन, हामीले फाइभ जी क्षमता र स्थानीय निजी नेटवर्कहरू एजइन्टर कनेक्सन, क्याम्पसहरूको लागि विश्वसनीयता र स्लाइस–आधारित सेवा आश्वासनको सन्दर्भमा फराकिलो निजी नेटवर्कहरू विस्तार गरेका छौं र यी नेटवर्कहरूको प्रयोगलाई बाहिरी गैर–उत्पादन सेवाहरूबाट को र उत्पादन चरणहरूमा विस्तार गरेका छौं’, उनले भने ।