काठमाण्डु – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चीनको सिनोभ्याक कम्पनीले बनाएको अर्को कोभिड-१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि चीनको सिनोफार्म खोपले डब्ल्यूएचओमार्फत आपतकालीन प्रयोग अनुमति पाइसकेको छ ।
सिनोभ्याक कम्पनीको यो खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि अरु खोप जस्तै दुई डोज लगाउनु पर्ने बताइएको छ ।




प्रतिक्रिया