चिनले उत्पादन गरेको ‘सिनोभ्याक’ खोपले पायो नेपालमा प्रयोगको अनुमति

चिनले उत्पादन गरेको ‘सिनोभ्याक’ खोपले पायो नेपालमा प्रयोगको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपतकालिन प्रयोगको अनुमति पाएको छ । शुक्रबार औषधि व्यवस्था विभागले चिनले विकास गरेको ‘कोरोनाभ्याक’ नामक खोपलाई अनुमति दिएको हो ।

नेपालमा आपतकालिन प्रयोगको अनुमति पाउने सिनोभ्याक दोस्रो चिनियाँ खोप हो । विश्व स्वास्थ्य संगठनले यसलाई दुई दिनअघि २ जुनमा मात्रै आपतकालिन प्रयोग अनुमति दिएको थियो ।