चीनबाट ४४ लाख डोज भेरोसेल खोप भोलि नेपाल आइपुग्दै

चीनबाट ४४ लाख डोज भेरोसेल खोप भोलि नेपाल आइपुग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज बेइजिङ जाँदैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप लिन वाइडवडी आज साँझ ५ः४५ बजे बेइजिङ जान लागेको हो ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जान लागेको हो ।

विमान शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्नेछ । यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर, पछि तालिका संशेधन गर्दै एक दिन पछाडि सारिएको हो ।