काठमाडौं – चीनले वुहानका अस्पतालहरुमा कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ । कोरोना भाइरसको केन्द्र मानिने वुहानमा एक जना पनि विरामी नभएको चीनले जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले हाल वुहानमा एक जना पनि विरामी नभएको दावी गरेका छन् ।
फेगले चीनमा महामारी समेत अन्त्य भएको संकेत गरेका छन् । वुहानमा मात्र ५० हजारभन्दा बढी नागरीक कोरोनो भाइरसबाट संक्रमित थिए । चीनमा ८२ हजारभन्दा बढी नागरीकमा संक्रमण भएको थियो । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो ।




प्रतिक्रिया