प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा राजदूत छन् सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएकाे हाे।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए। उनले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको समेत बताए।

राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकासमा चीनको साथ रहने जानकारी गराए। राजदूत सोङले पोखरामा यति एयरलायन्सको विमान दुर्घटना भएकोप्रति दुख व्यक्त गरे।

उनीहरुबीच बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। राजदूत छन् सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement