१ सय किलो सुन प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


काठमाण्डु – १ सय किलो  सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीएका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

सीआईबी स्रोतका अनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याईएको जनाएकाे छ । हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको जनाईएको छ ।

१ सय किलो  सुन तस्करी प्रकरणमा संगठित अपराधका दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । सुन प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement