काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा भाेली (आइतबार) नेपाल आउँदै छन् । । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् ।
वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण गरेलगत्तै चिनियाँ विदेशमन्त्री पनि नेपाल आउन लागेका हुन् ।
उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।




प्रतिक्रिया