काठमाण्डूमा चिनियाँ खोप २५ गतेदेखि लगाइने,चीन जानेहरू प्राथमिकतामा

काठमाण्डूमा चिनियाँ खोप २५ गतेदेखि लगाइने,चीन जानेहरू प्राथमिकतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले अनुदान स्वरूप दिएकाे ८ लाख सिनोफार्म खोप चैत २५ गते देखि लगाउने तयारी गरेकाे छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरूलाई खोप लगाउने तयारी भएको बताएका हुन् ।

चीनबाट प्राप्त भेरोसेल खोप काठमाण्डूका तोकिएका अस्पतालहरूबाट दिने प्रबन्ध मिलाइएको छ। अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।  उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै खोप लगाइने निर्णय भएको छ ।

यो खोप चीनको सरकारी स्वामित्वमा रहेको सिनोफार्म फार्मास्युटिकल कम्पनीले उत्पादन गरेको हो । खोप ६० देखि ८५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी भए पनि चीनले पूर्ण परीक्षण तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।

नेपालले हालै चीनले अनुदानमा दिएको ८ लाख मात्राको सिनोफार्म खोप बेइजीङ्बाट ल्याएको थियो। औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।याे खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ।