चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर आइतबार काठमाडौं आएका हुन् ।

भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरुसहित २६ सदस्य छन्। युआन सीपीसीका उच्च तहका नेता हुन् । युआनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर २३ देखि २६ सम्मका लागि तय भएको चिनियां स्रोतले समेत जानकारी दिएको छ ।

उनको हन्जाउबाट बेइजिङ जाने र बेइजिङमा आफ्ना समकक्षी ली छ्याङसंग र राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भइसकेको छ । दाहाललाई यसअघि चैत १४ मा चीनको हेनान प्रान्तमा भएको बोआओ फोरम फर एसिया कार्यक्रममा सहभागी हुन निम्ता आएको थियो । तर, दाहालको चीन भ्रमणअघि भारत जाने चाहनाले उक्त कार्यक्रममा उनको सहभागिता भएन् ।

भ्रमण तयारीका लागि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन्। आइतबार नेपाल भ्रमणमा आएका युआन राष्ट्रपति सी चिनफिङका विश्वाससिला पात्र हुन् ।