काठमाडौं – चिनियां राष्ट्रपति सी जिनपिङ काठमाडौंं अवतरण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं पुगेका हुन् । चिनियां राष्ट्रपति सी एयर चाइनाको ७४७ विमानबाट काठमाडौं अवतरण गरेका छन् ।
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा शनिवार स्वागत गरेका छन् । स्वागतका लागी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। दुई दिने अनौपचारिक भारत भ्रमणबाट राष्ट्रपति सी चेन्नइबाट नेपालका लागि उडेका थिए। उनको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ४ स् ३० बजे अवतरण गरेको थियो। उनी ५ बजे विमानबाट बाहिर निस्केका थिए। चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।





प्रतिक्रिया