पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग प्रधानमन्त्री ओलीले बिहिवार सुझाव लिने

पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग प्रधानमन्त्री ओलीले बिहिवार सुझाव लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुझावका लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजदूतसहित विज्ञहरुको बैठक बाेलाइका छन्। बिहीबार बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बाेलाइएको हो।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,बाबुराम भट्टराई  शेरबहादुर देउवा, झलनाथ खनाल,माधवकुमार नेपाल,लोकेन्द्र बहादुर चन्द लगायतलाई बैठकमा बोलाइएको छ। चीनका लागि पूर्वराजदूतहरुमा महेश मास्के र टंक कार्कीलाई पनि सो छलफलमा  बाेलाइएको छ।