काठमाण्डुमा जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल दिइने

काठमाण्डुमा जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  काठमाण्डुमा काेराेनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल दिने तयारी भएको छ। निषेधाज्ञाको समयमा वैशाख १५ गतेदेखि स्थगित गरिएको खोप कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाण्डुले आगामी जेठ २ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेको हो ।

उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको छ । खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने भएकाे हाे।