चुनावअघि उच्चस्तरीय भ्रमणमा काठमाण्डु आउँदै सीपीसीका वरिष्ठ नेता ली

चुनावअघि उच्चस्तरीय भ्रमणमा काठमाण्डु आउँदै सीपीसीका वरिष्ठ नेता ली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन् । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने भएका हुुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लु चान्सुले भदौ २७ देखि २९ सम्म तीन दिनसम्म नेपालको भ्रमण गर्न लागेका हुन् ।
उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए । भ्रमणका क्रममा चान्सुले सभामुख सापकोटा, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।

चिनियाँ नेतृत्वले नेपाली कम्युनिष्ट नेताहरु विशेषगरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई चुनावमा गठबन्धन गर्न प्रोत्साहित गर्दै आएको छ । नेपालमा संघीय चुनाव हुनै लाग्दा चीनबाट उच्च तहको भ्रमण हुनुलाई चासोका साथ हेरिएको छ ।

ली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् ।

चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् । सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए । चीनबाट पछिल्लो समय पटक–पटक नेपालको उच्चस्तरीय भ्रमण भइरहेको छ ।

गत चैतमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए ।