कार्यभार सम्हाल्न काठमाण्डु आइपुगे नेपालका लागि चिनियाँ राजदूत

कार्यभार सम्हाल्न काठमाण्डु आइपुगे नेपालका लागि चिनियाँ राजदूत


काठमाण्डु – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । सोङ आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गरेका छन्। यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।