काठमाण्डु – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाण्डु आइपुगेका छन् ।
नवनियुक्त चिनियाँ राजदूत माओमिङ कार्यभार सम्हाल्न शुक्रबार काठमाण्डु आइपुगेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।
नेपाल आएलगत्तै राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने छन् । चाङ नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो ।
नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा उनी परिचित छन् ।




प्रतिक्रिया