नेपालका लागि प्रस्तावित नयाँ चिनियाँ राजदूत को हुन्?

नेपालका लागि प्रस्तावित नयाँ चिनियाँ राजदूत को हुन्?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपालका लागि चिनियाँ राजदूत यू होङलाई कार्यकाल नसकिदै फिर्ता बोलाइसकेको छ।

इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत, चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स विभागको महानिर्देशक, एसिया मामिला विभागको तृतीय सचिव र सहचारीका रूपमा काम गरिसकेकी उनलाई चीनले फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयको एसिया विभागकी उपनिर्देशक होउ यानछीलाई पठाउने निर्णय गरिसकेको छ।

२ वर्ष अघि नेपालको राजदूतको रुपमा आएकी यु को कार्यक्षमतामा प्रश्न उठेपछि फिर्ता बोलाइएको बताइएको छ ।

रणनीतिक महत्वको देशको रुपमा रहेको नेपालमा चिनिया सरकारको योजना अनुरुप काम गर्न नसकेपछि फिर्ता बोलाएर होउलाई पठाउने तयारी गरेको हो।

होउ नेपालको राजनीतिलाई नजिकबाट नियालेकी कुटनीतिज्ञ हुन्। पछिल्लो समय नेपालमा चिनियाँ निर्माण कम्पनीको दबदबा बढ्दै गएका बेला चीनले जलविद्युतमा पनि विशेष जानकार रहेकी होउलाई राजदूत बनाएर पठाउन लागेको हो।

उर्दूमै स्नाकोत्तर गरेकी होउ बेइजिङकी पाकिस्तान विशेषज्ञ समेत मानिन्छिन् । चीन–पाकिस्तान मित्रता बलियो बनाउन योगदान गरेबापत उनलाई पाकिस्तान सरकारले पुरस्कृत गरेको थियो।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्भावना रहेको भनिएका बेला नयाँ राजदूत आउनुुले सकारात्मक सन्देश दिने कुुटनीतिका जानकारहरु बताउँछन्।

होउले हालकी चिनियाँ राजदूत यूलाई प्रतिस्थापन गर्नेछिन्। यसअघि यूले तत्कालीन चिनियाँ राजदूत उ चुन्ताईलाई प्रतिस्थापन गरेकी थिइन्।