काठमाण्डु- नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले कुनै पनि नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले वक्तव्य जारी गर्दै आफ्नो नियोगका कार्यवहाक वाङ सिनले नेपाली शीर्ष नेताहरूलाई नभटेको दावी गरेको हो ।
चिनियाँ राजदूतावासका कार्यवाहक सीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको हल्ला फैलिएको थियो ।
‘चिनियाँ राजदूतावासका कार्यवाहक वाङ सीनले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवसँग भेट गरेको भन्ने खबर सार्वजनिक भइरहेको हाम्रो जानकारीमा आएका छन् । ती सूचना गलत हुन् ।’, दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
पछिल्लो समय प्रमुख राजनीतिक दलहरु नयाँ सरकार गठनको कसरतमा लागेका छन् । राजनीतिक दलहरु सरकार गठनको कसरतमा जुटिरहेका बेला कसको नेतृत्वमा सरकार बन्छ भन्नेबारे अन्यौल छ । यसैबीच नयाँ सरकार गठनबारे विभिन्न शक्ति राष्ट्रहरू सक्रिय भइरहेका छन् ।
जसअनुसार पछिल्लो समय भारतीय राजदूत नविन श्रीवास्तव अमेरिकी राजदूत डीन थम्प्सनले राजनीतिक दलका शीर्ष नेताहरूसँग बाक्लो भेटघाट गरिरहेका छन् । उनीहरुले सरकार गठनबारे चासो राख्दै आएका छन् ।




प्रतिक्रिया