नेपालमा चीन विरोधी गतिविधी बढेको भन्दै गृहमन्त्रीसंग चिनियां राजदूतको असन्तुष्टि

नेपालमा चीन विरोधी गतिविधी बढेको भन्दै गृहमन्त्रीसंग चिनियां राजदूतको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियां राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खांणसंग भेटवार्ता गरेकी छन् । चिनियां राजदूत यान्छी गृहमन्त्री खांडलाई भेट्न शुक्रबार दिउंसो सिंहदरबार पुगेकी हुन् । राजदूत यान्छी र गृहमन्त्री खांडबीच ४५ मिनेट लामो छलफल भएको छ ।

चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमण नजिक आउंदै गर्दा उनका सक्रियता बढेको हो । यान्छीले यसअघि सभामुख अग्नी सापकोटा, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसंग समेत भेटवार्ता गरेकी थिईन ।
सरकारले संसदबाट एमसीसी पारित गरेसंगै पछिल्लो समय चिनियां सक्रियता बढेको छ । चीनले एमसीसी संसदबाट पारित नगर्न सुझाव दिंदै आएको थियो ।

गृहमन्त्रीसंगको भेटमा यान्छीले पछिल्लो समय नेपालमा चीन विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त गरेको स्रोत बताउंछ । उनले राष्ट्रिय एकता अभियानका नाममा पछिल्लो समय चीन विरुद्ध गतिविधि भएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।

अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा पछिल्लो समय चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै चिनियां राष्ट्रपति सी जिनफिङको पुत्ला दहल गर्नुका साथै अन्र्तराष्ट्रिय समुदायको ध्यानकर्षण गराउने अभियान सुरु भएको छ ।

उनले तराईका विभिन्न जिल्लामा जनसभा आयोजना गरेर चीनको विरोध समेत गर्दै आएका छन् । यादवको भारतिय हिन्दुवादी संघ संस्थाहरुसंग निकट सम्बन्ध रहेको स्रोतको दावी छ ।