एजेन्सी – इजरायलका लागि चिनियाँ राजदूत डु वुई तेल अवीवको उपनगरीय क्षेत्र हर्जलियास्थित आफ्नै निवासमा मृत भेटिएका छन् ।
५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएका हुन् । उनी गएको फेब्रुअरीमा मात्र राजदूतमा नियुक्त भएका थिए । यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए । उनी फेबु्रअरीमा इजरायल पुगेर १५ दिन क्वारेन्टाइनमा बसेका थिए ।
इजरायली स्वास्थ्य अधिकारीहरूले राजदूत वेईको शरीरमा कुनै चोटपटक नलागेकाले पनि राजदूत वेईको मृत्यु हृदयघात वा अन्य कुनै प्राकृतिक कारणबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । इजरायली प्रहरीले घटनाको अनुसन्धान थालिसकेको बताएको छ ।




प्रतिक्रिया