काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङ्कीले ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित समारोहमा उनले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । चिनियां राजदूत याङ्की गत साता मात्र काठमाडौं पुगेकी हुन् ।
चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका राजदूतहरुले पनि राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।




प्रतिक्रिया